काठमाडौं ।अर्थ मन्त्रालयले आफु मातहतका महाशाखा र विभागको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले महत्व पूर्ण विभाग आन्तरिक राजस्व विभागदेखि राजस्व महाशाखा प्रमुखसम्मको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्की मन्त्रालयमा तानिएका छन् भने मन्त्रालयका विष्णु नेपाललाइ उक्त विभागको जिम्मेवारी दिइएको अर्थ मन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।…