काठमाडौं । लगानी सम्मेलनमा १२ वटा आयोजनाको समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । यसै हप्ता हुन लागेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १२ वटा परियोजनामा समझदारी तथा सम्झौता हुन लागेको अर्थमन्त्री तथा लगानी सम्मेलनका निर्देशक समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग,…