काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा अत्यास लाग्दो बन्दै गएको छ । देशले दैनिक ३ अर्ब ६६ करोड रुपैयाँ व्यापार घाटा बेहोरिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । बढ्दो उपभोग प्रवृतिले आयात उच्चदरमा बढाएको छ । कृषिप्रधान देशमा कृषिकै आयात उच्च छ । यसले गर्दा नेपालले मासिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा बेहोरिरहेको छ…