Logo

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डे पुनः नियुक्त, आगामी ४ वर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले पाण्डेलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।