काठमाडौं । आगामी २ बर्षभित्र मुलुकलाई लोडसेडिङबाट मुक्त बनाउने योजना अनुसार काठमाडौं महानगरपालिकाले असारदेखि फोहोरबाट विजुली उत्पादन गर्न लागेको छ । उर्जाका विभिन्न वैकल्पिक स्रोतको उपयोग अन्तर्गत महानगरले योजना अघि सारेको हो । असारभित्रै विद्युत उत्पादन गर्ने गरि काम अघि बढाइएको काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । महानगरले दैनिक उत्पादन हुने फोहोरबाट…