बिजखबर संवाददाता १६ माघ, काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले थप लगानी विस्तार गर्ने भएको छ । कम्पनीको रजत जयन्तीको अवसरमा कम्पनीमा ५० करोड रुपैयाँ थप लगानी गरिने कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । ‘हामीले आषधि उद्योगलाई अझ शसक्त रुपमा अघि बढाउनका लागि लगानी थप गर्न लागेका हौं,’ कम्पनीमा आयोजित २४ औं वार्षिक उत्सव कार्यक्रममा…