काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा संचालित कम्पनीले लाने लाभांश घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७२/७३मा नेपालमा उद्योग व्यवसाय सञ्चालन गरेर विदेशी लगानीकर्ताले ६ अर्ब २५ करोड रुपैयाँ लाभांश लगेका छन् । यो लाभांस आव २०७१/७२को भन्दा झण्डै १ अर्बले कमी हो । अघिल्लो आवमा विदेशी लगानीका कम्पनीले ७ अर्ब २१…