काठमाडौं । उद्योग विभागबाट उपलब्ध हुने सेवा आगामी माघ २ गतेदेखि अनलाइनबाटै लिन सकिने भएको छ । उद्योग दर्ताका समग्र प्रक्रियालाई अनलाईनमै उपलब्ध गराउने किसिमले काम अघि बढेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । अनलाइन प्रणाली सञ्चालनमा आएपछि विदेशी लगानी दर्ताको प्रक्रिया कम्तिमा एक हप्ताभित्र पुरा हुने मन्त्री जोशीले बताए । यसअघि पनि तत्कालिन महानिर्देशक…