काठमाडौं । चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह’ निर्माण गर्न जग्गा पहिचान कार्यदलले विदुर नगरपालिका–५ स्थित बुनीबेँसीमा जग्गा पहिचान गरेको हो । मन्त्रालयले वैशाख १९ मा सो कार्यदल गठन गरेको थियो ।…