काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादका कारण विद्युत महशुल नबुझाएका उद्योगीहरुलाई मंसिर १२ सम्म महशुल बुझाउन ताकेता गरेको छ । प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार हालसम्म बुझाउन बाँकी रहेको बक्यौता तिर्न ताकेता गरेको हो । ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता…