काठमाडौँ । आईएमई लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कविराज फुयाँलले पदबाट राजीनामा दिएका छन्। सीइओ फुयाँलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनी उच्च स्रोतले जानकारी दिएको छ। फुयाँललाई केही समयअघि मात्रै बीमा प्राधिकरणले आइएमइ लाइफमा दोस्रो कार्यकालको सीइओ पदको लागि स्वीकृति प्रदान गरेको थियो। उनी दोस्रो कार्यकालको लागि सीइओमा पुनर्नियुक्ति भएपनि व्यक्तिगत कारण देखाउँदै…