काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आइतबारकाे बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । ‘झिटीगुण्टासम्बन्धी कानुनले महिलाका…