काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउन–मंसिर)मा विदेशी लगानीकर्ताले नेपालबाट करिव ११ अर्ब रुपैयाँ लाभांस र रोयल्टी फिर्ता लगेका छन् । उद्योग विभागले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनासम्म विदेशी लगानीकर्ताहरुले नेपालबाट १० अर्ब ९१ करोड रुपैयाँ लाभांस र करिव साढे १ अर्ब रोयल्टी फिर्ता लिएका हुन् । नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका…