काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आउँदा आयको वृद्धिदर घटेको जनाएको छ । नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर तयार पारिएको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्कमा पछिल्लो समय बढ्दो ब्याजदले समेत उद्योगहरुलाई असर पारेको उल्लेख छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका…