काठमाडौं । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल…