काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्दा माइक्रो ब्रुअरी संचालन अन्यौलमा परेको छ । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतले रेष्टुराँलाई माइक्रो ब्रुअरी संचालन गर्न दिने निर्णय गरेपनि अख्तियारले अनुसन्धानका लागि भन्दै फाइल लगेपछि लाइसेन्स दिने प्रक्रिया नै अन्योलमा परेको हो । औद्योगिक प्रवद्र्धन बोर्डले गत वर्षको असोजमा २० सिटभन्दा बढी क्षमता भएका होटल, पब…