काठमाडौं । अन्तरराष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् । यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका १९३ किसानले आफ्नो चिया उद्योग प्राङ्गारिक प्रमाणीकरण…