काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाको सहभागिता थियो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूत बीच…