काठमाडौं । नेपाल ग्यास उद्योग संघले खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको छ। बिक्रेताहरुले ग्यासको ब्राण्ड अनुसार जथाभावी मूल्य लिन थालेपछि संघले धरौटी रकममा एकरुपता कायम गरेको हो। संघको साधारणसभाले दुर्गम जिल्लाबाहेक देशभर धरौटी मूल्य एकै प्रकारको बनाएको हो। अब उद्योगहरुले तोकिएको भन्दा बढि…