काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बिहीबार मन्त्रालयमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा मन्त्री बडूले वीरगंजलगायतका सीमा नाकाहरुमा विद्यमान रहेको कार्यबोझ…