काठमाडौं । नेपाल आयल निगमले मंगलबार उद्घाटन गर्न लागेको पेट्रोलियम पाईपलाइनको तयारी पुरा भएको छ । मंगलबार भारतको नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उक्त पाईपलाईनको उद्घाटन गर्ने भएका हुन । भारतको मोतिहारीबाट नेपालस्थित बाराको अमलेखगञ्जसम्म ७२ दशमलव ५ किलोमिटर पाईपलाईनमार्फत मंगलबार देखि डिजेल नेपाल आउनेछ ।…