काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यसअघि लाइन काटिएका ६ उद्योगमा बिजुलीको लाईन जोडिदिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक निर्देशनपछि पनि लाइन जोड्न नमानिरहेको प्राधिकरणले विद्युत नियमन आयोगले गत आईतबारको लिखित निर्देशनपछि लाइन जोडिदिने निर्णय गरेको हो । प्राधिकरणको सोमबार बिहान बसेको संचालक समितिको बैठकले निर्णय गर्न नसकेपछि पुनः मंगलबार बसेको संचालक…