काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीसम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । बोर्डले नियमावली संशोधन गर्दै जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन प्रक्रियामा कडाई गर्न लागेको हो । सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीबीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको थियो…