काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले…