काठमाडौं । सरकारले नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ । मंगलबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन । मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई…