लामो समयसम्म चार प्रतिशतको आर्थिक वृद्धिदरमा सीमित रहेको नेपालको अर्थतन्त्र पछिल्लो समय सात प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५ र २०७५÷७६ मा क्रमशः ८.२ प्रतिशत, ६.७ प्रतिशत र ७.१ प्रतिशत आर्थिक वृद्धि भएको छ । आर्थिक क्रियाकलाप विस्तार सँगसँगै देशमा साधनको माग पनि बढ्दो छ । विगत चार वर्षमा…