चुक्ता पुँजी चारगुणा बढेको र आर्थिक गतिविधिहरु त्यस अनुरुप विस्तार हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले कारोबारमा विस्तार गर्न सकेका थिएनन् । प्रतिफल निकै घटेको अवस्था थियो । बहुमतको सरकार बनेको र राजनीतिक स्थीरता हुने आशामा लगानी विस्तारको अपेक्षा हामी सबैले गरिरहेका थियौं । तर फेरि अकस्मात कोरोना महामारीको त्रासले विश्व नै स्तब्ध भएको छ…