काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको साधारणसभाले नयाँ सञ्चालकहरुको चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सञ्चालक समितिमा निर्वाचित हुने संस्थापकहरुमा भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ रहेका छन् ।…