बिजखबर संवाददाता ७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिलायन्स लोटस फाइनान्स लिमिटेडले नगद लाभान्सका लागि पेश गरेको प्रस्तावलाई अस्विकृति गरेको छ । फाइनान्सले सर्वसाधारणलाई छुट्याएको सेयर पूर्ण रुपमा लागु नगरेकाले तत्कालका लागि नगद लाभांस वितरण प्रस्तावलाई स्वीकृति नदिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । ‘फाइनान्सले सर्वसाधारणलाई न्युनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्नेमा…