काठमाडौं । लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंक खरीद गरेको छ । लक्ष्मीले बनेपामा केन्द्रिय कार्यालय रहेको विकास बैंकलाई किनेको हो । खरिद सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य र प्रोफेशनल दियालो विकास बैंकका अध्यक्ष लोकराज पन्तले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच एक्वीजिशन सम्बन्धी सम्झौता भएपनि सेयर स्वाप रेसियो भने टुङ्गो लागेको छैन ।…