काठमाडौं । अरुण फाइनान्सको सञ्चालक समितिको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । समस्याग्रस्त फाइनान्सलाई मुक्त गराई नयाँ व्यवस्थापनमा संचालन गर्न हिजो बसेको सञ्चालक समितिको वैठकले पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । हाथवे इन्भेष्टमेन्टको प्रमुख लगानी रहेको सो फाइनान्समा नयाँ लगानीकर्ताका रुपमा पौडेल अध्यक्ष सम्हालेका हुन् । फाइनान्सलाई समस्याग्रस्तबाट हटाई राष्ट्र बैंकको निर्देशन…