काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) ४ प्रतिशतभन्दा माथि ५ प्रतिशतसम्म पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा २० वाणिज्य बैंकको खराब कर्जा ०.१८ प्रतिशत बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ…