काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । पछिल्लो समय आयातमा भएको संकुचन र वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा उच्च वृद्धि भएसँगै शोधनान्तर स्थितिमा उच्च सुधार आएको हो…