काठमाडौं । नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो। बैंकका अनुसार ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ’,…