काठमाडौं । ज्योति विकास बैंक र चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच सम्झौता भएको छ । भिल्लामा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, वेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई…