काठमाडौं । समस्याग्रस्त घोषणा भएको ५ वर्षपछि नेपाल फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको मंसिर २० गते बसेको संचालक समिति बैंठकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट फुकुवा गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले ‘ग’ वर्गको इजाजत पाएको नेपाल फाइनान्सलाइ विसं २०७१ मंसिर १८ गते समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो ।…