काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । यससँगै उनले नियुक्त भएको दिन अर्थात भदौ १७ गतेदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपाल यसअघि सोही…