Logo

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः पराजुली, सात सदस्यीय कार्यसमिति चयन

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स एशोसियशनको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली चयन भएका छन् । संघको सातौ वार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी संघको उपाध्यक्षमा नागरिक लगानी कोषका उप–व्यवस्थापक रोशनजङ्ग कार्की निर्वाचित भएका छन् भने महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापा चयन भएका छन् ।…