मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको घोषणा गरेको छ । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले योजना सार्वजनिक गरेको हो । सोमबार राजधानीमा विशेष कार्यक्रमबीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका थिए । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी…