काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो टेलरलाई आधुनिकिकरण गर्दै स्मार्टटेलर संचालनमा ल्याएको छ । बैंकले बुधबार आफ्ना सबै शाखा कार्यालयहरुका टेलरलाई आधुनिकिकरण गर्दै उक्त स्मार्टटेलर संचालनमा ल्याएको हो । उक्त स्मार्टटेलरमार्फत बैंकका ग्राहकहरुले चेक विना नै आफ्नो मोवाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्नेछन । बैंकको उक्त सेवाले डिजिटल बैंकिङको विकासमा…