Logo

लक्ष्मी बैंक र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौता, नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’ मार्फत बस टिकटको भुक्तानी

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोर्ड’ मार्फत भुक्तानी गर्न मिल्ने गरी आइतबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन्…