काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंकबाट ऋण ल्याउन स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक बोर्ड बैंठकको बिहीबारको निर्णयले अबका दिनमा बाणिज्य बैंकहरुले विदेशी बैंकबाट ऋण ल्याउन मिल्ने गरी नीतिगत व्यवस्था गरेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । नयाँ व्यवस्थासँगै नेपाली बैंकहरुले विदेशी संस्थाबाट निक्षेपका रुपमा ऋण सापटी ल्याएर लगानी गर्न सक्नेछन्…