काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार प्रदेश नं ६ को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटनमा कर्णाली प्रदेशका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । प्रदेश अन्तरर्गत बैंकका ७ वटा शाखाहरु ( डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड…