काठमाडौं । निषेधाज्ञा अवधिभर बैंकहरुले काठमाडौँ जिल्लामा तीनवटा शाखामात्र खोलेर सेवा प्रदान गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा आफ्ना तिन वटा शाखा मात्र खोलेर सेवा दिन निर्देशन दिएको छ । यस्तै विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर…