काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँका ३१ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले नोट छाप्नका लागि टेण्डर आह्वान गरेको थियो । चीनको चाईना बैंकनोट प्रिन्टीङ एण्ड मिन्टीङ कर्पाेरेशनले उक्त नोट छाप्ने जिम्मा पाएको हो । कम्पनीले ४६ लाख ९८ हजार ६ सय ८५ डलर खर्चमा उक्त नोटहरु छाप्ने भएको हो…