नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाउने अभियान सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्षदेखि विषादीको प्रयोगलाई शून्यमा झार्ने नीति लागु गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘कृषि उत्पादनमा जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगलाई बढावा दिँदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै आगामी तीन वर्षभित्र…