कुनै पनि क्षेत्रको उत्पादकत्व, त्यसको प्रभावको आधारमा मूल्याङ्कन हुन्छ । यस्तो प्रभाव बढाउ निश्चित टुल्स आवश्यक पर्छन् । सूचना प्रविधि (आईटी) त्यस्तै टूल हो ।
‘कनेक्टीभिटी’ विना आईटीको परिकल्पनासमेत गर्न सकिदैन । अहिले हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग डेटा एक ठाउँबाट अर्काे ठाउँमा पठाउन, प्रशोधन गर्न र कम्प्युटिङका लागि उपयोग हुँदै आएको छ । यी काम सहज ढंगले सम्पन्न गर्न ‘हाई स्पिड कनेक्टिभिटी’ चाहिन्छ, जुन् फोरजीले दिन्छ ।
अहिले हरेक क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटी उपलब्ध छ । त्यस्ता क्षेत्रको कार्यक्षमता बढाउन हाई स्पिड ईन्टरनेटको आवश्यकता पर्छ । त्यो पनि फोरजीको उपयोगबाट सम्भव हुन्छ ।
फोरजीको उपयोग
देशको उत्पादकत्व बढाउनु छ भने कनेक्टीभिटीलाई पनि सँगसँगै अघि बढाउनु जरुरी छ । कनेक्टीभिटीको माध्यमबाट सूचनाको प्रसारण र कम्प्युटिङका लागि ब्रोडब्याण्ड अर्थात फोरजीले रामै्र काम गर्छ । कुनै स्थानमा पढाउन सकिने अवस्था छैन, उपचार गर्न सम्भव छैन भनेपनि टेलिमेडिसिन, भिडियो टिचिङसमेत फोरजी नेटवर्कबाटै सहजै गर्न सकिने अवस्था छ । त्यसैले समाजमा र बजारमा भएका सबै क्षेत्रमा फोरजी अर्थात ब्रोडब्याण्ड ईन्टरनेटको ठूलो महत्व छ ।
नेपालको हरेक क्षेत्र कनेक्टीभिटीमा आएपछि हरेक क्षेत्रले आफूलाई डिजिटलमा रुपान्तरण गर्नेछन र फोरजीको ठूलो उपयोग हुनेछ । विश्व बैंकको पुरानो रिपोर्टअनुसार १० प्रतिशत जनतामा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुग्यो भने कुल गार्हस्थ उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि हुन्छ भन्ने छ ।
तथ्याङ्कका आधारमा हाम्रो जस्तो कठिन भौगोलिक अवस्था भएको देशमा ब्रोडब्याण्ड विस्तार गर्ने भनेको तारविहिन प्रणाली नै हो । सोही कारण हामीले मोबाईल ब्रोडब्याण्ड हाल धेरैभन्दा धेरै ठाउँमा पुर्याउने जमर्काे गरिरहेका छौं । यसको प्रयोग नहुने कुनै पनि क्षेत्र नहुने हुनाले फोरजीले पूर्ण अर्थतन्त्रलाई परिवर्तन गरिदिन्छ । विकसित देशमा फोरजीको प्रयोग उच्चतम भएकाले अर्थतन्त्रलाई पनि अर्बाै योगदान पुर्याईरहेको अवस्था छ । त्यसैले हामी पनि ब्रोडब्याण्ड कनेक्टीभिटीको पहँुचबाट कुल ग्राहस्थ उत्पादनमा योगदान दिने जमर्काे गरिरहेका छौं ।
‘मेशिन टु मेशिन’ कम्यिुनकेसनका लागि आईओटी सेवा आवश्यक पर्छन । पछिल्लो समय आईओटी फोरजीबाटै पनि दिन सक्छौं । जतिपनि मनोरञ्जनका कुराहरु छन्, त्यसलाई फोरजी नेटवर्कबाटै दिन सक्छौं । मानिसहरुले सिनेमा हलमा गएर हेर्नुपर्ने सिनेमा मोबाईलबाट पनि सोही गुणस्तरको सकिने सुविधा फोरजीले दिन्छ । पछिल्लो समय आएको डिजिटल परिस्थिति जस्तै ई एजुकेशन, ई लर्निङलगायतका क्षेत्रमा समेत फोरजीले ठुलो योगदान दिने प्रष्ट छ ।
”सबै स्थानीय तहमा बैंक नपुग्नुको प्रमुख कारण नै कनेक्टीभिटी नपुगेका कारण हो । कनेक्टीभिटी पुग्ने वित्तिकै कुनै पनि स्थानीय तहमा बैंकका शाखालगायत धेरै सुविधाहरु पुग्छन । ब्रोडब्याण्डले परम्परागत प्रविधि तथा प्रवृत्तिलाई समेत परिवर्तन गरिदिन्छ ।”
सबै क्षेत्रमा फोरजीले योगदान पुर्याउने भएकाले भ्यालु एडेड सेवामा समेत यसले ठूलो योगदान पुर्याएको छ । फोरजी अर्थात तीव्र गतिको ब्रोडब्याण्ड ईन्टरनेटबाट घरको सुरक्षा, सवारीसाधनको ट्र्याकिङलगायत सेवा पनि उपलब्ध भईरहेकै छ । यसबाटै हामीले पर्यटन क्षेत्रलाई समेत प्रर्वद्धन गर्न सक्दछौं ।
फोरजीबाट डिजिटलाइजेन
कुनै पनि नयाँ ठाउँमा सडक सञ्जाल पुर्याईयो भने त्यस ठाउँको विकास भएजस्तै कनेक्टीभिटीमा पनि यही प्रणाली लागू हुन्छ । यसले ‘डिजिटल वे’ निर्माणमा सहयोग पुर्याउँछ । पछिल्लो समय नेपालका रेष्टुरेन्टहरु पनि डिजिटल भएका छन । हरेक चिज डिजिटलाईज हुँदै गएका छन् । सबै स्थानीय तहमा बैंक नपुग्नुको प्रमुख कारण नै कनेक्टीभिटी नपुगेका कारण हो । कनेक्टीभिटी पुग्ने वित्तिकै कुनै पनि स्थानीय तहमा बैंकका शाखालगायत धेरै सुविधाहरु पुग्छन । ब्रोडब्याण्डले परम्परागत प्रविधि तथा प्रवृत्तिलाई समेत परिवर्तन गरिदिन्छ ।
शूल्कको विषय
नेपालमा मोबाईल ब्रोडब्याण्ड महंगो भयो भन्ने गरिन्छ । यसको मूल्य महंगो हुनुका पछाडी विभिन्न कारणहरु पनि जान्न आवश्यक छ । नेपाल एक भुपरिवेष्ठित राष्ट्र भएकाले र समुन्द्रसँग प्रत्यक्ष पहँुच नभएका कारण ईन्टरनेट एक्पोर्टरहरुसम्म पुग्न कि त चीनको बाटो कि त भारतको बाटो भएर जानुपर्छ । यसअनुसार ईन्टरनेशनल गेटवेमा खर्च हुन्छ । त्यसैले नेपालको ईन्टरनेट महंगो छ । यस्तै नेपालको भौगोलिक कारणले पनि यहाँको ईन्टरनेट महंगो भएको हो । नेपालको अर्थतन्त्र नै सानो भएपछि युजर कम हुन्छन र कमाई पनि सानो भएकाले र लाईसेन्स र कर पनि धेरै महंगो भएपछि ईन्टरनेको महशुल स्वतः महंगो हुन आउँछ ।
हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा दूरसंचार सेवाप्रदायकलाई हरेक ५ बर्षमा २० अर्ब लाईसेन्स नविकरण शुल्क भनेको धेरै नै महंगो हो । हरेक बर्ष स्पेक्ट्रममा र आरटीडीएफ, रोयल्टी लगायत तिर्नुपर्ने भएकाले पनि यहाँको सेवा महंगो भएको हो । नेपालको ईन्टरनेको शुल्क पश्चिमा देशहरुको तुलनामा त धेरै सस्तो हो । तर, भारतको कुनै सेवाप्रदायकसँग तुलना गर्दा भने महंगो जस्तो देखिएको होला । विगत ४–५ बर्ष अघिको तुलनामा हाल शुल्क धेरै कम भईसकेको छ ।
नेपाल टेलिकमको भूमिका
नेपाल टेलिकममा राज्यको दायित्व पनि छ । हामीले फाईदा मात्रै नहेरेर नाफा नहुने ठाउँमा समेत सेवा पुर्याउन उत्तिकै महत्वपूर्ण काम गरिरहेका छौं । हामीले कुनै क्षेत्रलाई पनि पक्षपातको दृष्टिकोणले नहेरी सेवाको पहुँच पुर्याउन लागिपरेकै छौं । हामीले सस्तो र नजिकका स्थानमा मात्रै नहेरेर विकट र महंगो पर्ने स्थानमा पनि उत्तिकै मात्रामा सेवा प्रवाह गरिरहेका छौं । आउने दिनमा हामीले पूर्वाधार विकासलाई थप प्राथमिकतामा राखेका छौं । पूर्वाधार विकास भईसकेपछि हामीले अझै धेरै सेवाग्राहीहरुसँग पहुँच पुग्नेगरी र धेरै स्थानमा पुग्ने गरी सेवा प्रवाह गर्छाैं ।
हामीले क्षमता विस्तार पनि गर्दैछौं । माग अनुसारको पूर्ति भएपछि हामीले यसको अनुपात मिलाउन क्षमता बढाउनुपर्छ । हामीले अहिले नै हाम्रो सेवालाई सस्तो बनाएपछि नेटवर्क ओभरलोड हुन्छ, नेटवर्क ओभरलोड हुन नदिन हामीले अपग्रेड गर्नुपर्छ । हालै अपग्रेड पनि गर्न नसकिने भएपछि विस्तारै क्षमता विस्तार गरि त्यहीं अनुसार सेवाको शुल्क पनि कम गर्न सकिन्छ भन्ने मान्यता हो । हामीले विगत ३/४ बर्षको अनुपातलाई हेर्ने हो भने हाम्रो सेवा धेरै सस्तो भईसकेको छ । आगामी दिनमा पनि अझै नघट्ला भन्न सकिँदैन । र हामी राज्यको दायित्व अनुरुप नै विभिन्न प्रविधिमार्फत सेवा उपलब्ध गराउँछौं ।
सेवाको पहुँच
अहिले हामीले नेपालका ७७ जिल्लामा हाम्रो फोरजी सेवा पुर्याईसकेका छौं । हामीले हाम्रो बार्षिकोत्सवकै दिनसम्म हाम्रो फोरजी सेवा पुर्याईसकेका थियौं । हिमाली क्षेत्रका विकट र कठिन ठाउँ र कतिपय गाउँहरु बाहेक सबै स्थानीय तह तथा स्थानहरुमा हाम्रो फोरजी सेवा पुगिसकेको छ । तर केही धेरै हिउँ परिरहेको क्षेत्रमा हामी पनि पुग्न सकेका छैनौं । परिस्थिति अलि सहज भएपछि मात्रै हामीले त्यस्ता ठाउँमा हाम्रो सेवा विस्तार गर्छाैं । तर तराईका विभिन्न जिल्ला र सहज स्थानमा भने हामीले हाम्रो सेवा पुर्याईसकेका छौं । हाल हाम्रा ३५ लाखबढी ग्राहकले हाम्रो फोरजी सेवा चलाईरहेका छन । यस्तै फोरजीकै लागि मात्रै यो बर्ष हामीले २८५ बिटिएस टावर ओटा बनायौं । भने अन्यका लागि केही काम बाँकी छन तर, काम हुँदैछ ।
हामीले फोरजी सुरुवात गर्दाखेरी टोटल डाटा ट्राफिकमध्ये फोरजीको हिस्सा ८ देखि १० प्रतिशत मात्रै थियो तर हाल ६० प्रतिशत डाटाको मार्केट फोरजीले लिईसकेको छ । यो पनि बढ्दो क्रममा छ । डाटाको ग्रोथ, प्रयोगकर्ताको ग्रोथ र फोरजीको विस्तारका कामहरु अत्यन्तै उत्साहप्रद रुपमा भईरहेको छ ।
हामीले काठमाडौंमा ‘क्यारियर एग्रिगेसन’ सुरु गरिसकेका छौं । यो भनेको हामीले फोरजी ८ सय र १८ सय मेगाहर्ज ब्याण्डमा संचालन गरिरहेका छौं । क्यारियर एग्रिगेसन गर्ने मोबाईल फोनहरुले २ ओटै ब्याण्डमा कनेक्ट गरेर हाई स्पिड सेवा उपलब्ध गराउँछ भने माईमो टेक्नोलोजीमार्फत सेवा प्रवाह हुन्छ । त्यसैले हाम्रो अहिलेको फोरजी सेवा फोरजी नभईकन ४.५ जी हो । पिक आवरमा पनि १३० एमबीपिएस हाम्रो फोरजीको गति छ ।
नेपालका सबै स्थानमा एउटै गति भने हुँदैन । किनभने हामीले सबै स्थानमा ८ सय र १८ सय मेगाहर्ज ब्याण्डमा फोरजी सेवा संचालन गरेका छैनौं । कतिपय ठाउँमा हामीले १० मेगाहर्ज मात्रै चलाएका छौं । त्यसैले हामीले माग अनुसारको मात्रै सेवा प्रबाह गरिरहेका छौं । माग नै कम भएको स्थानमा धेरै स्पिडको सेवा पनि ठीक हुँदैन भन्ने मान्यता छ । यस्तै सबै प्रयोगकर्ताले एउटै क्षेत्रमा एउटै गतिको ईन्टरनेट पाउँछ भन्ने पनि हुँदैन । ईन्टरनेटको गति भनेको प्रयोगकर्ताको डिभाइसमा पनि भर पर्छ । कतिपय सेवाग्राहीको मोबाईलले ८ सय र १८ सय मेगाहर्ज सपोर्ट नगर्न पनि सक्छ ।
हाल कतिपय ग्राहकहरुले थ्रीजी भन्दा फोरजी महंगो भयो भन्ने गर्नुभएको छ, यो भ्रम मात्रै हो ।
ग्राहकहरुले फोरजी, थ्रीजी जे चलाएपनि शुल्क एउटै हो । तर, थ्रिजी चलाउँदा गति कम हुन्थ्या धेरै समय लाग्थ्यो, धेरै चलाएको जस्तो हुन्थ्यो र फोरजी चलाउँदा कम समयमै धेरै काम हुने भएकाले कम चलाएर धेरै शुल्क लागेको जस्तो भएको मात्रै हो । अर्काे आर्थिक बर्षको मध्यसम्म हामीले फोरजीका ६५ लाख ग्राहक पुर्याउने लक्ष्य राखेका छौं र त्यसतर्फ केन्द्रित भएका छौं ।