Logo

के पूँजीवादको अन्त्य हुँदैछ ?, कृत्रिम बौद्धिकताले फेर्दैछ अर्थ व्यवस्थाको परिचय

के पूँजीवादको अन्त्य हुँदैछ ?, कृत्रिम बौद्धिकताले फेर्दैछ अर्थ व्यवस्थाको परिचय


बिजखबर संवाददाता
81
Shares

यो समय पूँजीवादी अर्थतन्त्रको हो । बजारलाई महत्वपूर्ण मानेर प्रतिस्पर्धाको आधारमा पूँजी सीर्जना गर्ने ध्येय यस्तो अर्थ व्यवस्थामा लागु हुन्छ । पूँजी अर्थात धन नै सबैभन्दा प्रधान हुन्छ भन्ने मान्यता यसले बोकेको हुन्छ । तर विश्वबाट यस्तो मान्य अन्त्य हुँदैछ भन्ने जिकिर गर्दैछन् ग्रिकका पूर्व अर्थमन्त्री तथा अर्थशास्त्री यानिस भेरउफकिस । उनका अनुसार पूँजीवाद आफ्नै कारणले प्रयोगविहिन बन्दै गएको छ ।

अर्थशास्त्रका पूर्व प्राध्यापक समेत रहेका उनले ठूला प्रविधि कम्पनी र कृत्रिम बौद्धिकता(आर्टिफिसियल इण्टेलिजेन्स)को उदयसँगै अहिलेको अर्थ व्यवस्था तल पर्दै गएको भनाइ राखेका छन् । सन् २०१५ मा ग्रिस आर्थिक संकटमा परेका बेला अर्थमन्त्री रहेका उनले गुगल फेसबुक जस्ता कम्पनीले पहिलोपटक आफ्नो पूँजीको खरिद र उत्पादन स्वयम् उपभोक्ताले नै गरिरहेको उदाहरण दिएका छन् ।

‘पहिलो कुरा त प्रविधिमा सरकार आफैले अनुदान र लगानी बढाउँदैछ । दोस्रो कुरा जब तपाई  गुगलमा केहि खोज्नुहुन्छ त्यतीबेला तपाइले गुगलको पूँजीमा योगदान गर्नुहुन्छ’ उनले भने ‘अनि त्यस्तो पूँजीबाट कसले फाईदा लिन्छ ? गुगल, न कि तपाई ।’

‘त्यसैले पूँजी समाजिक रुपमा उत्पादन भइरहेको छ भन्नेमा शंका रहेन अनि त्यसको फाइदा भने निजी भइरहेको छ । यस हिसाबले कृत्रिम बौद्धिकताले पूँजीवादलाई अन्त्यतिर लैजादैछ ।’

काल मार्क्सलाई चेतावनी दिदै यी ५६ वर्षीय भन्छन् ‘नयाँ प्रविधिले यसले सिर्जना गर्ने जागिरभन्दा बढी विनाश गर्दैछ ।’

‘पूँजीवाद आफैले आफैलाई तल पार्दैछ किनकी यसले सिर्जना गरेको प्रविधिले कम्पनी र निजी माध्यमद्वारा हुने उत्पादनलाई नै प्रयोगविहिन बनाउँछ’ उनी थप्छन् ‘त्यसपछि के हुन्छ ? त्यसबारे मलाई पनि आइडिया छैन ।’

उनले अहिलेको अर्थतन्त्र दीर्घकालीन हुन नसक्ने जनाएका छन् । खराब ‘टोक्सिक’ राष्ट्रवादको उदयप्रति उनले डर देखाएका छन् । त्यस्तै उनले सरकारहरुलाई पूँजीवाद पछिको समय(पोष्ट क्यापिटालिजम)को लागि धन पूर्नवितरणको नीतिका लागि तयारी गर्न सुझाव दिएका छन् ।

उनका अनुसार जनताको स्वामित्व रहने गरी एउटा सामुहिक हित कोष खडा गरेर भविष्यका सम्पुर्ण सेयरको १० प्रतिशत त्यसमा राखेर अभ्यास गर्न सकिन्छ । यहिं कोषबाट विश्वव्यापी न्युनतम डिभिडेण्ड  तयर गरेर सबै नागरिकलाई दिन सकिने उनको सुझाव छ ।

ग्रिस संकटका बेला अन्तर्राष्ट्रिय ऋणदातासँग सम्झौताको क्रममा उनी यो निष्कर्षमा पुगेका हुन् ।

यो घटनालाई पूर्णत असफल मान्दै उनले सन् २०१५ मा अर्थमन्त्रीबाट राजिनामा दिएका थिए । जतिबेल ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले युरोपियन युनियनको ऋण पुन भुक्तानी योजनामा सहमती जनाएका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्