Logo

स्वास्थ्यमा निजी क्षेत्रको लगानी अपरिहार्य : उपेन्द्र महतोको विचार

स्वास्थ्यमा निजी क्षेत्रको लगानी अपरिहार्य : उपेन्द्र महतोको विचार



गरीब देशका मानिस आफ्नो स्वास्थ्यप्रति त्यति धेरै सचेत हुन सक्दैनन् । तर, देश र देशबासी जति समृद्ध बन्दै जान्छन्, त्यति नै बढी आफ्नो स्वास्थ्यप्रति संवेदनशील र सजग बन्न थाल्छन् । यसले गर्दा अविकशित तथा गरीब राष्ट्रहरुमा स्वास्थ्य र शिक्षा क्षेत्र पिछडिएको हुन्छ । जबकी कुनै पनि देशलाई समृद्ध बनाउन स्वास्थ्य र शिक्षा क्षेत्रको विकास सबैभन्दा पहिलो र अनिवार्य शर्त हो । अविकशित तथा गरीब देशका आमनागरिकले आफ्नो जीवन निर्वाहमै ध्यान केन्द्रित गर्नुपर्ने भएकाले स्वास्थ्य र शिक्षामा अपेक्षित ध्यान पुर्याउन सक्दैनन् । तर, त्यस्ता देशका सरकारले पनि प्रत्यक्ष लाभ हुने वा आम्दानी हुने क्षेत्रमा मात्रै लगानी गर्ने नीति लिइदिँदा अप्रत्यक्ष रुपमा तथा बहुआयामिक लाभ प्राप्त हुने स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न नै बिर्सिदिने गरेका छन् ।

विकशित र समृद्ध देशका सरकारले के बुझिसकेका हुन्छन् भने स्वास्थ्य र शिक्षामा गरिएको लगानीले अत्यन्तै महत्वपूर्ण, अप्रत्यक्ष र बहुआयामिक लाभ प्रदान गर्दछ । आर्थिक–सामाजिक तथा समग्र विकासको मेरुदण्ड नै स्वास्थ्य र शिक्षा हो । त्यसो हुँदा उनीहरुले यो क्षेत्रमा लगानी बढाउँछन् । स्वास्थ्य क्षेत्रमा बढाइएको लगानीले मानिसलाई स्वस्थ राख्छ भने शिक्षामा गरिएको लगानीले विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले गर्दा उनीहरु समृद्ध हुँदै जान्छन् ।

हामीले चढ्ने सवारी साधन वा गाडीको बीमा गर्दछौं । किनभने बीमा नगरी सवारी धनी पुर्जा नै पाइँदैन । अर्को कुरा हामीले जीवनको धेरै समय लगाएर कमाएको ठूलो पैसा लगानी गरेर गाडी किनेका हुन्छौं । हामीलाई त्यसको असाध्यै माया हुन्छ र त्यसको जोखीम न्युनीकरणका लागि बीमा गर्छौं । बिग्रिन नदिन बेला–बेला सर्भिसिङमा लान्छौं तर हामीले हाम्रो शरीरको स्वास्थ्य अवस्था जाँच बेला बेला गर्दैनौं ।

उदाहरणका लागि हामीले चढ्ने सवारी साधन वा गाडीको बीमा गर्दछौं । किनभने बीमा नगरी सवारी धनी पुर्जा नै पाइँदैन । अर्को कुरा हामीले जीवनको धेरै समय लगाएर कमाएको ठूलो पैसा लगानी गरेर गाडी किनेका हुन्छौं । हामीलाई त्यसको असाध्यै माया हुन्छ र त्यसको जोखीम न्युनीकरणका लागि बीमा गर्छौं । बिग्रिन नदिन बेला–बेला सर्भिसिङमा लान्छौं तर हामीले हाम्रो शरीरको स्वास्थ्य अवस्था जाँच बेला बेला गर्दैनौं । स्वास्थ्य उपचारमा गर्नु परेको लगानीलाई फोकटको ठान्छौं । त्यस्तै, हामीले हाम्रो शरीर पैसा तिरेर किनेका होइनौं । यो शरीलाई हामी गाडी जस्तो बेच्दैनौं पनि । त्यसो हुँदा आफ्नो शरीरको स्वास्थ्यमा लगानी गर्नु हामीले उचित ठान्दैनौं । र, उपचारमा थोरै लगानी गर्नु पर्याे भने पनि हामीलाई पहाड नै उचाल्नुपरेजस्तो बोझ लाग्छ । तर मनन गर्नुपर्ने कुरा के भने स्वस्थ शरीर नै रहेन भने भौतिक सवारी साधन वा सम्पत्तीको कुनै अर्थ रहँदैन ।

स्वास्थ्य र शिक्षा सम्भावनाको क्षेत्र

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको कुरा गर्ने हो भने यो अत्यन्तै सम्भावना भएको क्षेत्र हो । नेपालको भौगोलिक अवस्थिति संसारकै अद्वितीय र मौलिक छ । अर्को कुरा यहाँ प्रकृति र अध्यात्मको अन्त्य राम्रो अन्तरघुलन छ । मौलिक भूगोल, प्रकृति र अध्यात्मको सम्मिश्रित स्रोतलाई हामीले स्वास्थ्य र शिक्षाजस्ता सेवा क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावना छ । यही स्रोत र शक्तिलाई प्रयोग गरेर हामीले नेपाललाई स्वास्थ्य र शिक्षाको हबको रुपमा विकास गर्न सक्छौं । प्रकृति र अध्यात्मको यस्तो सम्मिश्रण अरु देशमा जति नै पैसा खर्च गरे पनि पाउन सकिँदैन । यसका लागि हाम्रो ‘नेपाली सेवा भावना’ असाध्यै सहयोगी हुन सक्छ । ‘अतिथी देवोः भवः’ को मन्त्र जप्ने नेपाली अरुको सेवा र सहयोग गर्न पाउँदा खुशी हुन्छन् ।

हामी नेपाली अरुलाई सेवा गरेर आनन्दित हुने जाती हौं । हामीकहाँ देशमा हिरामोती, सुन–चाँदी, ग्यास र तेलका खानी छैनन् तर ‘मन’को खानी छ । यही सेवा भाव बोकेको पवित्र मनलाई हामीले स्वास्थ्य र शिक्षा सेवामा लगाउने हो भने नेपाललाई यो सेवाको हब बनाउन समय लाग्दैन ।

विश्वका धेरै यस्ता देशका छन् जहाँका मानिस अरुको सेवा लिएर आनन्दित हुन्छन् । तर हामी नेपाली अरुलाई सेवा गरेर आनन्दित हुने जाती हौं । हामीकहाँ देशमा हिरामोती, सुन–चाँदी, ग्यास र तेलका खानी छैनन् तर ‘मन’को खानी छ । यही सेवा भाव बोकेको पवित्र मनलाई हामीले स्वास्थ्य र शिक्षा सेवामा लगाउने हो भने नेपाललाई यो सेवाको हब बनाउन समय लाग्दैन । यो मनलाई हामी पर्यटनमा लगाउन सक्छौं तर पर्यटनभित्रको पनि मुख्य तत्व (न्युक्लियस) भनेको चाहिँ स्वास्थ्य र शिक्षा नै हुन् ।

स्वास्थ्य क्षेत्रमा निजी लगानीको महत्व

अहिलेसम्म नेपाल सरकारले स्वास्थ्य क्षेत्र भनेको सरकारी कोषको खर्च गर्ने ठाउँ हो भनेर बुझिरह्यो । त्यसकारण सरकारको कोषबाट दिइने बजेटलाई मात्रै स्वास्थ्यमा लगानीका रुपमा लिइरहेको छ । तर, कुनै पनि क्षेत्रमा ठूलो निजी लगानी नआएसम्म त्यो क्षेत्रको विकास हुँदैन । उदाहरण लिउँ, जलविद्युत्मा नेपाल विद्युत् प्राधिकरणले मात्रै लगानी गर्ने नीति हामीले अख्तियार गरिरहेको भए अहिलेसम्म पनि हामी विद्युत्मा आत्मनिर्भरताको कल्पना पनि गर्न सक्दैनथ्यौं । लोडसेडिङ अन्त्यको कल्पना कसरी गर्न सक्थ्यौं ? त्यसो हुँदा स्वास्थ्यमा पनि निजी क्षेत्रको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ ।

कोभिड–१९ महामारीले एउटा गतिलो पाठ के सिकायो भने परिस्थिति त्यस्तो पनि बन्दो रहेछ कि आफूसँग जति नै धेरै पैसा भए पनि विदेशमा गएर उपचार गर्न पाइँदो रहेन छ । त्यसअघि पैसा हुने मानिस विदेश गएर उपचार गर्ने पैसा नहुनेले नेपालमा पनि राम्रो उपचार नपाउने अवस्था थियो । त्यसो हुँदा अब हामीले स्वास्थ्य उपचारमा आत्मनिर्भर बन्नु पर्नेछ । यसका लागि देशभित्रकै स्वास्थ्य पूर्वाधारको विकास र विस्तारमा लाग्नुपर्ने छ । कोभिड आउनुअघि पनि नेपालको स्वास्थ्य क्षेत्रमा निजी लगानीको आधार बनिसकेको थियो ।

कोभिडपछि त झनै यो क्षेत्र लगानीको मुख्य प्राथमिकतामा परेको छ । अब यसमा ठुल्ठूला निजी लगानी आउनुपर्छ । र, मलाई लाग्छ अब यो क्षेत्रमा निजी लगानी आउँछ पनि । सरकारी क्षेत्रले पनि लगानी गर्नुपर्छ । प्रतिस्पर्धा गर्ने हिसाबले नभई सरकारी र निजी लगानी एकअर्कासँग समन्वय गर्दै अघि बढ्नका लागि आवश्यक छ । सरकारी क्षेत्रले राम्रो नतिजा दिए निजी क्षेत्रले पनि आफ्नो सेवा सुविधा र गुणस्तरमा वृद्धि गर्न ध्यान दिने गर्छ ।

स्वास्थ्य क्षेत्रमा निजी लगानीका लागि कसैलाई अनुदान दिनुपर्ने अवस्था छैन । नितीगतरुपमा सहजीकरण अर्थात् सजिलोसँग खुल्ने वातावरण बनाइदिए हुन्छ । स्वास्थ्य क्षेत्रको विकासका लागि दशकौंदेखि जतिसुकै ठूला कुराहरु भए पनि नीतिगत रुपमा यो क्षेत्रलाई सरकारले प्राथमिकता दिएका थिएन । हाम्रो धेरै प्रयासपछि बल्ल अहिले प्राथमिकता प्राप्त क्षेत्रमा राखेको छ । तर, अझै उत्पादनमूलक क्षेत्रमा भने राखेको छैन ।

विदेश जाने होइन, यहाँ ल्याउने

स्वास्थ्योपचारका लागि हामी बाहिर जाँदा हाम्रो पैसा र इज्जत दुवै विदेशमा गुमिरहेको छ । विदेशमा उपचार गर्न जाँदा हामी धेरै हेपिएका छौं । अर्को कुरा विदेशमै गएका दाजुभाईले पठाएको विदेशी पैसा नै लिएर हामी उपचारका लागि त्यता जाने गरेका छौं । नेपालमा कमाएको पैसाले विदेशमा उपचार गर्न सकेका छैनौं । विदेशमा कमाएर ल्याएको पैसा फेरी विदेशमै गएर खर्च गर्दा त्यसले देशलाई कुनै लाभ दिँदैन ।

स्वास्थ्य उपचारका लागि हामीलाई अस्पताल भवन, उपकरण र जनशक्ति चाहिन्छ । भवन हामी बनाउन सकिहाल्छौं । विश्वस्तरीय स्वास्थ्य उपचारहरुमा लगानी गर्न सक्छौं । लगानीकर्ताले बुझ्नु पर्ने कुरा चाहीँ स्वास्थ्य क्षेत्र भनेको दीर्घकालीन लगानीको क्षेत्र हो । यो क्षेत्रमा धेरै ठूलो लगानी र धैर्यता चाहिन्छ । धेरै छिटो प्रतिफलको आशा गर्नु हुँदैन । र, सबैभन्दा महत्वपूर्ण कुरा दक्ष चिकित्सक र प्राविधिकहरु नेपालमा अहिले पर्याप्त मात्रामा उपलब्ध हुन थालेका छन् ।

अहिले नेपालमा नाम चलेका र हामीले नामै नसुनेका युवा डाक्टरहरु अमेरिका, युरोप, अष्ट्रेलिया गएर काम गरिरहेका छन् । त्यस्तो अब्बल डाक्टर तथा प्राविधिकलाई नेपालकै अस्पतालहरुमा बसेर उपचार गर्न सक्ने वातावरण बनाउनुपर्छ । स्वास्थ्य क्षेत्रमा ठूलो लगानी, राम्रा पूर्वाधार र विश्वस्तरीय सेवा सुरु भएपछि त्यस्ता दक्ष युवा चिकित्सकले पनि आफ्नै देशमा काम गर्न थाल्छन् । यो काम नेपालमा विस्तारै सुरु भएको छ ।

मानिसहरु विगतमा भन्दा बढ्री स्वास्थ्यप्रति सजग हुँदै आएका छन् । अब हामीले विदेशीलाई नेपालमा उपचार गर्न आउने वातावरण बनाउनु पर्छ । यसो हुन सक्यो भने नेपालमा विदेशी मुद्रा आर्जन हुन्छ । विदेशीलाई ल्याउन सकेनौं र नपालीलाई मात्रै पनि उपचार गर्न विदेश जानु नपर्ने वातावरण बनायौं भने हाम्रो कम्तिमा हाम्रो पैसा विदेश जानबाट रोकिने छ । यसले व्यापार घाटा कम गर्न सहयोग गर्छ ।

स्वास्थ्य बीमा अहिलेको आवश्यकता

कोभिड–१९ महामारीका बेला नेपालमा अस्पतालमा बेड अभाव भएको, भेण्टिलेटर अभाव भएको कुरा सही हो । तर, मानिसले कल्पना नगरेको महामारी आउँदा यस्तो समस्या देखिन्छ । ठूला र विकसित देशले पनि कोभिडका बेला पर्याप्त बेड, भेण्टिलेटर जस्ता पूर्वाधारको व्यवस्था गर्न सकेका थिएनन् ।

नेपालमा हामीले अब बेड, इन्टेन्सिभ केयर युनिट (आइसीयू), भेन्टिलेटर, रिसर्च सेन्टर र रिसर्चको विस्तार गर्नुपर्छ । सरकारले जीवन बीमाका साथै स्वास्थ्य बीमालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।

त्यसैले भविष्यमा आउन सक्ने यस्तै महामारीलई ध्यानमा राखेर सरकारले अब यस्ता पूर्वाधार विकास र विस्तारमा ध्यान दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने प्रविधि र पूर्वाधार विश्वभर सबैतिर एउटै हुन्छ । फरक देशमा फरक तरिका वा पूर्वाधार भन्ने यो क्षेत्रमा हुँदैन । तालिमप्राप्त दक्ष जनशक्तिको उपलब्धता भने देशअनुसार फरक हुन सक्छ । नेपालमा हामीले अब बेड, इन्टेन्सिभ केयर युनिट (आइसीयू), भेन्टिलेटर, रिसर्च सेन्टर र रिसर्चको विस्तार गर्नुपर्छ । सरकारले जीवन बीमाका साथै स्वास्थ्य बीमालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।

नेपालमा स्वास्थ्योपचार धेरै महँगो भयो भन्ने गुनासो सुनिन्छ । १० करोड रुपैयाँको गाडी, २ लाख रुपैयाँको मोबाइल, २ अर्ब रुपैयाँको घर, ५ अर्ब रुपैयाँको जग्गा किन्ने मान्छे पनि स्वास्थ्य उपचारमा १० हजार रुपैयाँ खर्च गर्नुपर्याे भने दुःखी हुन्छ । हामीले चलाउने साधन वा उपकरणलाई जत्तिको महत्व पनि हामीले हाम्रो स्वास्थ्यलाई दिँदैनौं । त्यसैले स्वास्थ्य बीमा गर्ने कार्य विस्तार हुन नसकेको हो । स्वास्थ्यलाई निकै कम प्राथमिकतामा राखेर अन्य भौतिक चिजलाई महत्व दिने चलन सरकार र आम मानिसको भएको भए सबैले स्वास्थ्य बीमा गराउँथे । यसरी हाम्रो खर्च गर्न प्रवृत्ति नै खराब छ । त्यसलाई सुधार गर्नुपर्ने छ ।

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता

सरकारले आउने बजेटमा स्वास्थ्य र शिक्षालाई अन्तर्राष्ट्रिय हब बनाउने गरी व्यवस्था गर्नुपर्छ । यसका लागि निजी क्षेत्रले खोल्ने अवस्पतालका लागि सरकारी जग्गा लिजमा दिने, सहुलियत ऋणको व्यवस्था गरिदिने, बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य क्षेत्रमा अनिवार्यरुपमा लगानी गर्नैपर्ने गरी न्युनतम लगानीको सीमा निर्धारण गरिदिने लगायत कार्य गर्नुपर्छ । विदेशी विशेषज्ञ चिकित्सकलाई सजिलै लाइसेन्सिङको व्यवस्था गरिदिनुपर्छ । यो क्षेत्रलाई अनुदान चाहिँदैन । यसो हुन सक्यो भने ५ वर्ष भित्रैमा नेपाललाई स्वास्थ्य उपचारको हब बनाउन सकिन्छ ।

नेपाल जतिसुकै गरीब र समस्याग्रस्त भए पनि विदेशमा नेपालीले इज्जत, सम्मान र विश्वास आर्जन गरेका छन् । चीनको तुलनामा विश्वका मानिसले नेपालको उत्पादनलाई विश्वास गर्छन् । यसले गर्दा हामीले आयुर्वेदिक उत्पादनलाई विश्व बजारमा लान सक्छौं ।

नेपालमा आयुर्वेदिक उपचारको सम्भावना पनि उत्तिकै छ । नेपालमा अकिकांश मानिस स्वास्थ्य बिग्रिसके पछि बल्ल उपचारका लागि जाने गरेका छन् । त्यो बेलामा एलोपेथिक अस्पतालले नै उसलाई सही उपचार दिन्छ । तर, मानिसलाई स्वस्थ बनाइराख्न चाहीँ आयुर्वेदिक उपचारले सहयोग गर्छ । योग, प्रणायाम, जटिबुटी औषधीले स्वास्थ्य राम्रो बनाइराख्न सहयोग गर्छ । त्यसो हुँदा हामीले एलोपेथिक उपचारका पूर्वाधारमा जोड दिनुपर्छ साथै आयुर्वेदिक उपचारका पूर्वाधारलाई पनि विकास गर्दै लानुपर्छ । नेपाल जतिसुकै गरीब र समस्याग्रस्त भए पनि विदेशमा नेपालीले इज्जत, सम्मान र विश्वास आर्जन गरेका छन् । चीनको तुलनामा विश्वका मानिसले नेपालको उत्पादनलाई विश्वास गर्छन् । यसले गर्दा हामीले आयुर्वेदिक उत्पादनलाई विश्व बजारमा लान सक्छौं ।

स्वास्थ्यमा विदेशी लगानी

नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन सक्ने सम्भावना धेरै छ । कोभिडपछि के देखियो भने हामीले जतिसुकै विज्ञान र प्रविधिको कुरा गरे पनि अध्यात्म त्यो भन्दा माथि रहेछ । पैसाको अभाव नभएका धेरै विकसित देशका मानिस अहिले आध्यात्मिक शान्ति खोज्न थालेका छन् । अध्यात्मकै कारण कोभिडको असर नेपालमा त्यस्तो सारो देखिन्न । आध्यात्मिक संस्कार वा ज्ञान हामीले निःशुल्क पाइरहेकोले त्यसलाई महत्व दिइरहेका छैनौं । तर, अध्यात्मको विकास नभएका विश्वका धेरै देशका मानिस पैसा तिरेर मनको शान्ति र आध्यात्मिक चिन्तन वा संस्कार खरिद गर्न चाहिरहेका छन् । यसले गर्दा हामीले हाम्रो आध्यात्मिकतालाई ब्राण्डिङ गर्न सक्छौं ।

आध्यात्मिक केन्द्रको रुपमा विदेशी लगानीकर्ताले पनि नेपालमा एफडीआई ल्याउन सक्छन् । तर, सुरुमै विदेशी लगानी ल्याउन भन्दा नेपालकै लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्नुपर्छ । विस्तारै यो क्षेत्रले गति लिएपछि एफडीआई ल्याउँदा धेरै सहज हुन्छ । यसका लागि सरकारले अस्पताल र मेडिकल कलेजको संख्या गन्ने होइन, गुणस्तरको निगरानी र नियन्त्रण गर्ने हो । सरकारले अरु विषय खुला छोडेर गुणस्तर मात्रै नियन्त्रण गर्न सक्यो भने समस्या रहँदैन । डा. उपेन्द्र महतो गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष हुन् । चेम्बर स्मारिका २०७७ बाट साभार

प्रतिक्रिया दिनुहोस्