काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिकृष्ण जोशी पुनः नियुक्त भएका छन् ।
लघुवित्तको वैशाख २ गते बसेको संचालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भानु नगरपालिका–११ स्थायी ठेगाना भएका जोशीलाई दोस्रो कार्यकाल आगामी वैशाख १५ गतेदेखि लागू हुने गरि सीईओमा नियुक्त गरिएको हो ।
